Tuesday, 14 February 2017

भ्यालेन्टाइन

         भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस आउन एक मिनेट मात्र बाँकी थियो।तीन बर्ष देखि हामी प्रेम सम्बन्धमा थियौं।उनी बिना म सास पनि फेर्न सक्तिनथें।उनीसँग च्याटमा कुरा नभएको दुई दिन भैसकेको थियो।काम विशेषले केही दिन अनलाइनमा आउन नसक्ने कुराको पूर्व-जानकारी भएकोले खासै तनाबको बिषय भने थिएन।भोलिको प्रणय दिवसमा शुभकामना दिन म आतुर थिएँ।एक मिनेटको समय पनि एक दिन बराबरको भारी भैरहेको थियो।च्याट मार्फत शुभकामना नदिएपनि मनमनै मैले हजारौं पल्ट दिइसकेको थिएँ।मध्यरातको १२ बजेको व्यग्र प्रतिक्षामा बस्दा-बस्दा मेरो सासै टुट्ला जस्तो हुँदै थियो।अन्ततः त्यो पल आएरै छाड्यो।मोबाईल खोलेर तम्तयार बसेको थिएँ।उनलाई प्रेमपूर्वक म्यासेज पठाएँ।
"ह्याप्पी भ्यालेन्टाइन डे टु यु डियर।हाम्रो प्रेम सदाबहार फुलिरहोस र फलिरहोस।म सधैंको लागि तिम्रै हुन पाउँ।अब धेरै प्रतिक्षा गर्नु पर्दैन प्रिय,म तिमीलाई चाँडै आफ्नो बनाउनेछु।लभ यु फर एभर।"
म्यासेज पठाएर केही समय पर्खें तर उनको म्यासेज आएन।सायद सुतिसकेको होली भन्ठानेर मैले पनि आफ्नो बिस्तारा तताएँ।
           पूर्वमा लाली नहुँदै ब्युँझेकोले उनको रिप्लाईको अपेक्षा गर्दै मोबाइल खोलें।म्यासेजको इन्बक्स खाली थियोे।हत्तपत्त फेसबुक म्यासेन्जर खोलेर नजर डुलाएँ।धेरै जनाको म्यासेज आएका रहेछन्।मनको गगनमा उड्दै हेर्न थाले म्यासेजहरु।चिनजानका साथीहरुले शुभकामना दिएका रहेछन्।सबैलाई धन्यवाद टक्र्याउँदै गएँ।एउटा अन्तिम म्यासेज बाँकी थियोे।त्यो म्यासेज मेरी मायालुको रहेछ।एउटा फोटो पठाएकी रहिछे।त्यो फोटो मान्छेको नभई उनको बिहेको निमन्त्रणा कार्ड रहेछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...