Sunday, 12 February 2017

सेन्तेरेम

अचानक संसारमा
आमूल परिवर्तन आउँछ 
पृथ्वी मुट्ठीभित्र पस्छ
मुसो जस्तो ज्यान
हाती हुन्छ
हाती जस्तो ज्यान
मुसा देख्न थालिन्छ
पछार्न मन लाग्छ
आफ्नै अगाडि।

दु:ख र पीडाको भूमरीबाट
फुत्त बाहिर आएर
टुक्रिएका मुटुहरु
एकत्रित भएर
एउटा शक्तिशाली मुटु बन्छ
हिटलर भन्दा क्रूर
जंगे भन्दा हिम्मतवाला
अन्डरटेकर भन्दा बलवान्।

आँधीबेहेरी
भुकम्प र
सुनामीको
त्रिवेणी बनिदिन्छ
मनको धरातल
यो कमालको तत्वले
यादहरुका ज्वारभाटा
ल्याउँछन् तँछाडमछाड गर्दै
अनि ताजकी गराउँछ
प्रेमको इतिहास
रच्न भ्याइहालिन्छ
मोटो उपन्यास।

बियोगको रापले
भतभती पोलिरहेको मुटुलाई
पलभरमै शित्तल बनाउँछ
घाउमा मलम लाए जसरी
पाँचऔंले र यार्सागुम्बा भन्दा
किफायति रहेछ यो चीज
मेडिकल र अस्पताल धाउनु भन्दा
हिमालको भीर-पाखामा खोज्नुभन्दा
भट्टीमा एक सर्ट लायो,सक्यो
कति सजिलो छ पाउन
औकातानुसार हेरी-हेरी पाइने।

लोडसेडिङ र महंगीको जमानामा
बत्तीको बिल धेरै तिर्नुभन्दा
दुईचार पेग तानेर
घर गए पुगिहाल्छ
महाभारतको सिरियल
हेर्नै पर्दैन आँखा दुखाएर
टेलिभिजनको पर्दामा
समयको पनि बचत
आफैं अभिनेता भइने
छैन त रोचक?
छैन त फाइदाजनक?

उमेरले नछेक्ने
युवादेखि बुढाबुढीसम्म चल्ने
सस्तो र सुलभ
त्यसैले त अचेल
सबैको रुचिको माल भैसके
सबैको मुखमा झुन्डिएको छ
सेन्तेरेम!
हो,सेन्तेरेम!!!

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...