प्रियको यादमा काटिने रात धेरै भए
आशा बोकी उदाउने प्रभात धेरै भए।
साँच्चै साथ दिने मान्छे कोही भएनन्
केवल आश्वासन दिने हात धेरै भए।
शिशिरले कठङ्गृयो प्रेमको बिरुवा
अप्ठ्यारोमा झरिजाने पात धेरै भए।
माया,प्रेम,पिरती,प्यार अनि मुहावत
मान्छेलाई अल्मलाउने जात धेरै भए।
निष्कर्षमा पुगिएन उनको मेरो नाता
फाइदा हुने काम भन्दा बात धेरै भए।
No comments:
Post a Comment