दिन रात नभनेर खटिरहन्छ्यौ आमा
संघर्षको मैदानमा डटिरहन्छ्यौ आमा।
काखमा बच्चा च्यापिकन मेलापात गर्छ्यौ
सन्ततिलाई बचाउन आफू जिउँदै मर्छ्यौ।
दु:खको महासागर तरिरहन्छ्यौ आमा
संघर्षको मैदानमा डटिरहन्छ्यौ आमा।
आफू भोकै बसिकन छोराछोरी पाल्छ्यौ
अन्धकार जीवनमा उज्ज्वल दिप बाल्छ्यौ
पीडाको आँसु हाँसी पिईरहन्छ्यौ आमा
संघर्षको मैदानमा डटिरहन्छ्यौ आमा।
No comments:
Post a Comment