Friday, 10 February 2017

कि त फेसबुकमा

कि त फेसबुकमा लभ्ली कि त ट्वीटरमा
कित ह्वाट्सअपमा डियर कित भाइभरमा
पिरतीका कुरा गर,मन मुटु खोलेर
मोबाइलमै काफी छ,नजाउ साइबरमा।

कोरस
नाचौं डम्फुमा मैच्याङ नाचौं टुङनामा
आउ मिली झ्याइँ पारौं मंसीर महिनामा।

फ्रेन्ड रिक्वेस्ट पठाएँ,किन पेन्डिङमा
छिटो गरिहाल प्रिय जाउँला डेटिङमा
पोखरामा जाने कि ,नगरकोटमा जाने
म:म खाने होकि प्यारी चाउमीन खाने।
कि त इमोमा लभ्ली कि त स्काइपमा
चोखो माया गरेर आइदेउ लाइफमा।

कोरस
नाचौं नादिङमा मैच्याङ नाचौं सेलोमा
माया पिरिम फुल्दैन है हाइ हेलोमा।

स्ट्याटस लेख तिमी म लाइक गर्छु
मायाकै भाषामा म कमेन्ट् पनि गर्छु
इन्बक्समा हेर त म्यासेज पठाकोछु
म्यासेज भन्दा पनि माया पठाकोछु।
छिटो हेरिदेउ प्यारी रिप्लाइ पठाइदेउ
प्रोपोज गर्या छु मैले,स्वीकार गरिदेउ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...