Saturday, 18 February 2017

काम तमाम

         महिलाहरुको हक,हित र अधिकारको निमित्त लड्ने "महिला जागरण पार्टी"का केन्द्रिय अध्यक्षको प्रमुख आतिथ्यमा गाउँमा राखिएको भेला सफल र भव्य भएको निचोड निकालियो।गाउँमै महिलाहरुलाई जागरुक बनाउँदै आएका ५ जना शिक्षित नारीहरु प्रमुख अतिथिको नजरमा परे।रुप,सीप र शिक्षा सबै कुरामा अब्बल देखिएपछि अन्ततःउनीहरू केन्द्रिय समितिको लागि ब्यक्तिगत मनोनयनमा परे।
         निकट भविश्यमै हुन गइरहेको महिला जागरणको अन्तरास्ट्रिय सम्मेलनको लागि भनेर हवाइजहाजबाट लगिए।फराकिलो सडक,गगनचुम्बी महल र झिलिमिली शहर देखेर उनीहरू केहीबेर उतै हराए।अध्यक्षले ट्याक्सीमा चढाएर एउटा आलिसान महलमा लगे।ती ५ नारीहरुले आफूलाई सफल भएको अनुमान लगाए।साथसाथै उनीहरुको खुशीको कुनै सिमा थिएन।मनको गगनमा उड्दै-उड्दै महलभित्र प्रबेश गरे।उनीहरूलाई भित्रबाट भव्य स्वागत गरियो।फूलमाला लाइदिएर शिष्टचार भेट गरे।महिला सम्मेलन भएकोले त्यहाँ उपस्थित मध्ये एकादुई पुरुष बाहेक धेरैजसो महिला नै थिए।
        केहीबेर पछि अध्यक्षलाई एउटा बृफकेश थमाइयो।ती नारीहरुलाई त्यतै छोडेर उ बाहिरिन थाल्यो।मेकअप गरेर सजिएका नारीहरुको बीचबाट ती ५ नारीहरुको नजर उतैतिर मोडिए।तर अध्यक्ष बाहिरिसकेको थियो।बारदलीमा भएका सुन्दरीहरुको आवाजले उनीहरू झस्किए।
"आओ,आओ,मर्दलोग आओ।अपना काम तमाम करके जाओ।"

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...