जीवनमा नैतिकताको डर हुनु पर्छ
जुवा,तास,रक्सी देखि पर हुनु पर्छ।
हिंस्रक त पशु-पन्क्षी,जनावर हुन्छ
सकेसम्म हामी असल नर हुनु पर्छ।
ठुला-ठुला महल नै चाहिएको छैन
ढुक्क भई निदाउने घर हुनु पर्छ।
मन मिल्यो भने यहाँ सबै नजिकको
भन्दिन म एकै जात,थर हुनु पर्छ।
"माङ"देखि टाढा टाढा जान हुन्न मित्र
सोचे तिम्रो आफ्नै हु म,वर हुनु पर्छ।
No comments:
Post a Comment