आज भोलि सबै लाई जुहार चाहिन्छ
सुन्दर मन भन्दा पनि मुहार चाहिन्छ।
आगो तापीदिन्छ मान्छे जब सम्म बल्छ
दुनियाँको चाल देखि मुटु त्यसै जल्छ।
संसारमा ईमान बिक्ने बजार चाहिन्छ
सुन्दर मन भन्दा पनि मुहार चाहिन्छ।
दु:ख पर्दा अरुलाई आँखा छोपी हिन्छन्
खुट्टा तान्छ तल बाट,छुरा रोपी दिन्छन्।
मान्छेलाई मान्छेको नै व्यापार चाहिन्छ
सुन्दर मन भन्दा पनि मुहार चाहिन्छ।
No comments:
Post a Comment