Sunday, 21 February 2016

जन्म दिई

•••••••••••••••छोराछोरी••••••••••••••
जन्म दिई शिक्षा दिने भगवान तिमी नै
शीर ठाडो पारी भन्छु मेरो शान तिमी नै।
•••••••••••••••बाबुआमा•••••••••••••••
यति ज्ञानी छोरा पाए,यति राम्री छोरी
देवताले दिएको हो बरदान तिमी नै।
••••••••••••••••दु:खी मान्छे•••••••••••
दु:ख दिन्छौ किन ईस्वर दया नराखेर
यति धेरै पुकार गर्दा सुनसान तिमी नै।
••••••••••••••••एक नेपाली•••••••••••••
नेपालमा नै खेली हुर्के ,यही नै मर्नेछु
तिमी मेरो मातृभूमि,पहिचान तिमी नै।
•••••••••••••••••एक प्रेमी••••••••••••••
यो मुटुको धड्कन तिमी, तिमी नै जिन्दगी
यै मुटुमा छुरा रोप्छौ जानाजान तिमी नै।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...