भने जस्तै गर्न सके कति सजिलो छ
मिहिनेतले कमाएको रोटी रसिलो छ।
काम गर्नु पर्यो भने पछि हटि हाल्छ
खाने बेला प्रायःजसो सबै पहिलो छ।
पसिना बगाए केही असम्भव नै छैन
डल्ला फुटायो भने माटो मलिलो छ।
हत्केलाको रेखा बाट बन्दैन यो भाग्य
कडा कर्म गरे सधैं भाग्य चम्किलो छ।
कुकर्म छोडेर आउ, सत्कर्म मा लाग
बा-आमाले पनि भन्छन् छोरो गतिलो छ।
No comments:
Post a Comment