Monday, 15 February 2016

अनुदान लिएर

बिदेश बाट सधैं अनुदान लिएर
कहाँ बन्छ देश अब ज्यान लिएर।

विश्व सामू नेपाल् चिनाउनुछ आज
नेपाली नै हाम्रो पहिचान लिएर।

मागेको रोटीले हाम्रो पेट भरिन्न
बाच्न सक्छौं हामी स्वाभिमान लिएर।

कहिल्यै झुक्दैनौ दुस्मन हरु संग
शीर ठाडो पारेर,यहीँ सान लिएर।

हिम्मत जगाउने,जागर बढाउने
एकै स्वरमा गाऔ रास्ट्रगान लिएर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...