गोली जस्तो बोली उन्को पड्कन थालेपछि
त्यो मुटु अर्कैको लागि धड्कन थालेपछि।
आज भोलि मेरो साथ नभाको बेला उनी
जताततै उन्कै अभाव खड्कन थालेपछि।
न त तल खस्न सक्छ,न त छुटकारा पाउन
अप्ठ्यारो त्यो भीरैमा म अड्कन थालेपछि
नसोध मलाई कहिल्यै के कस्तो छ भनेर
कस्तो भनौं पहिरो झैं भत्कन थालेपछि।
कस्तो छाप छोडी गई बिर्सनै नसकिने
सम्झनाको यो पासोमा लड्कन थालेपछि।
No comments:
Post a Comment