बाध्यताले टाढा भए धोखेबाज नभन्नु
सधैं गोप्य राखी दिनु हाम्रो राज नभन्नु।
कैले काहीँ भेट्दै गरौं समय मिलाई
कति हुन्छौ अति ब्यस्त कामकाज नभन्नु।
मेरी मनकी रानी भई बास गर तिमी
महँगीको जमानामा सुनको ताज नभन्नु।
नारी हरु गोप्य कुरा यसरी लुकाउछन्
तिमी लाई मात्र भन्छु अरु माझ नभन्नु।
तिम्ले इज्जत कहिले पो छोपेका थियौ र
दुनियाँमै नाङ्गो भयौ अब लाज नभन्नु।
No comments:
Post a Comment