Friday, 5 February 2016

कहानी

कहानी जिन्दगीको घट्ना वरिपरि छ
बादल छायो जीवनमा असिना,झरी छ।

कस्तो संसार बनायौ यो तिमीले भगवान
कोही तरी तरी छ,कोही मरी मरी छ।

कस्ले बुझी दिनु र अरुको कथा व्यथा
दु:ख र पीडा सबै मेरै मन भरी छ।

कोही घमन्डी हुन्छन्,कोही त उदारबादी
एउटै आमाको पनि सन्तान थरी थरी छ।

संसारको सबैभन्दा राम्री परी म संग
अंगालोमा बेरिने सपनाको नगरी छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...