लेखु लेखु लाग्छ अरे भावुक भए पछि
ठोकु ठोकु लाग्छ अरे बन्दुक भए पछि।
असम्भव केही छैन संसारमा साथी
गरे सफल हुन्छ हुन्छ ईच्छुक भए पछि।
किन जन्म दियौ भन्छौ बाबा आमा लाई
पछि कुरा बुझ्छौ बाबू बुज्रुक भए पछि।
सबले वाह वाह भन्छन् आँखा उघारेर
नजिक बाट हिन्ने मोरी कामुक भए पछि।
माया मारी पाइला हरु मोडी गए पनि
निस्ठुरीकै नाममा मुटु ढुक्ढुक भए पछि।
No comments:
Post a Comment