Saturday, 13 February 2016

कविता भेटिन्छ

छहरा र पहरामा कविता भेटिन्छ
खोजे सबै तिर राम र सीता भेटिन्छ।

मनुष्यको पनि दिल सफा भयो भने
त्यही सफा दिल भित्र नै गीता भेटिन्छ।

यहाँ मान्छेहरु आफैं मजाक बनीदिन्छन्
मान्छेको यो दुनियाँमा रमिता भेटिन्छ।

जिन्दगीका कथा हरु एउटै हुदैनन्
कसैका मीठा र कसैका तीता भेटिन्छ।

संसारमा पैसा भए जे पनि पाईन्छ
तर नसोच्नु कि माता र पिता भेटिन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...