Friday, 19 February 2016

कस्तो चरित्र हुन्छ

बाहिर बाट देखिन्न जे भित्र हुन्छ
थाहा हुन्न कस्को कस्तो चरित्र हुन्छ।

महान हुन्छ त्यो मनुष्य,उच्च रहन्छ
जस्को भित्री दिल सधैं पबित्र हुन्छ।

बिर्सन कहाँ सकिन्छ प्रियसी लाई
टाढिए नि मनमा उनैको चित्र हुन्छ।

धेरै सम्पति थुपारी धनी त होला
कसै लाई काम नलागे दरिद्र हुन्छ।

मान्छे लाई कैल्यै पनि दुस्मन नसम्झ
कुनै बेला उही ब्यक्ति नै मित्र हुन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...