देख्दिन म कतै प्यार सहन सक्तिन
सबै तिर अत्याचार सहन सक्तिन।
मुक्त होला कहिले लोडसेडिङ बाट
सधैं हुन्छ अन्धकार सहन सक्तिन।
बेरोजगार भाका छन् जति पढे पनि
हरेक दिन शनिबार सहन सक्तिन।
जेठो छोरो काङ्ग्रेसी,कान्छो हो एमाले
गरिरन्छ मारामार सहन सक्तिन।
बिदेशिन बाध्य छन् लाखौं युवा हरु
खोजी गर्दै रोजगार सहन सक्तिन।
No comments:
Post a Comment