Sunday, 14 February 2016

लज्जित भए पछि

सबको नजर बाट पतित भए पछि
आँखा छोप्नु किन लज्जित भए पछि।

अल्पमतमा परी बिजोग भएको छ
बहुमतको प्रस्ताव पारित भए पछि।

आउ मिली गासौ एकताको माला
दुस्मन आई लाग्छन् खण्डित भए पछि।

बिस्तारै हिन्नुछ लक्ष्यमा पुग्नलाइ
गार्हो हुन्छ पुग्न थकित भए पछि।

कुहिरोको काग जस्तै बन्नु हुन्न
अवस्य पुगिन्छ लक्षित भए पछि।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...