Wednesday, 10 February 2016

गुलाब देखाएर

यो मुटुमा हान्यौ तीर गुलाब देखाएर
तिम्रै लाग्न थाल्यो पीर गुलाब देखाएर।

बेरोजगारी हुँदा म भौतारिए धेरै
पिरतीको दियौ जागीर गुलाब देखाएर।

कसैको सामू पनि झुक्दैनथ्यौ तिमी
झुकाइदियौ यतै शीर गुलाब देखाएर।

ठूलो मान्छे बन्ने थ्यो जीवनको लक्ष्य
परिवर्तन गर्यौ तक्दीर गुलाब देखाएर।

चैनले यो जिन्दगी जिएको नै थिए
मारेरै छाड्यौ आखीर गुलाब देखाएर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...