Monday, 29 February 2016

भुले जस्तो लाग्छ

निस्ठुरीलाइ बल्ल तल्ल भुले जस्तो लाग्छ
धेरै पछि आज आँखा खुले जस्तो लाग्छ।

लटरम्म फलेको त्यो मंसिरे धान भित्र
कुन पापीले गाई-बस्तु हुले जस्तो लाग्छ।

कैले ह्वात्तै बढी दिन्छ, कैले घटी दिन्छ
नक्कलीको भाउ फेरि चुले जस्तो लाग्छ।

मध्य-राती सबै सुत्दा मुखौटा लगाई
इज्जत लुट्ने पल्लो घरकै ठुले जस्तो लाग्छ।

फुलै फुल डुली हिड्ने म लोभी भमरा
कोमल फुल मेरै लागि फुले जस्तो लाग्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...