ऐले सम्म तिम्रै ईशारामा नाचेको छु
मर्थे होला तर तिम्रै लागि बाचेको छु।
देको छैन मेरो तन अरु कसै लाई
चोखो मेरो जोवन अझैसम्म साचेको छु।
धेरै आए होला मेरो लागि मर्ने हरु
बिचरा हरुको मन धेरै भाचेको छु।
उतीर्ण भाका छौ तिमी अग्नि परिक्षामा
धेरै पल्ट मैले तिमी लाई जाचेको छु।
अरु जस्ती छैनौ,संसारकै राम्री तिमी
पत्यार नलागेर धेरै संग दाजेको छु।
No comments:
Post a Comment