लेखिएका कथाहरु मेटिदै छन् यहाँ
निर्दोसीका घाटीहरु रेटिदै छन् यहाँ।
हजारौं बर्ष पहिले हराएका मान्छे
खाल्डो भित्र हाड मात्र भेटिदै छन् यहाँ।
हक-अधिकारको लागि आवाज उठाउदा
देश बाट अन्यत्रै लखेटिदै छन् यहाँ।
बिस्वास गर्ने कुनै ठाउँ मान्छेमा रहेन
आफन्त बाटै भीरमा घचेटिदै छन् यहाँ।
देश लाई गहिरो निन्द्रमा सुताएर
नेता सुन्दरी संग लपेटिदै छन् यहाँ।
No comments:
Post a Comment