Friday, 12 February 2016

पार हुनेछ

कि त वार हुन्छ अब कि त पार हुनेछ
कलम र तर्बारको युद्ध लगातार हुनेछ।

बुलन्द ती आवाजहरु लेखिदै जानेछन्
जहाँ थिचोमिचो अनि अत्याचार हुनेछ।

मान्छे सबै स्वार्थी भए,कलियुग चल्दैछ
कुनै बेला दुनियाँमा मारामार हुनेछ ।

सुख,दु:ख जिन्दगीमा आई नै रहन्छ
जसरी उज्यालो पछि अन्धकार हुनेछ।

सत्य र असत्यको त्यो अन्तिम लडाइँमा
जसरी नि असत्यको पक्का हार हुनेछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...