नामर्द सरकारको जरुरत हुँदैन
जहाँ जनताको हिफाजत हुँदैन।
बाढी,पहिरो र भुकम्पमा परी
कैयौं मान्छे मर्दा सनाखत हुँदैन।
हातैमा हेरेर भाग्य भन्छ ज्योतिष
भविस्य कसैलाइ अवगत हुँदैन।
गगनचुम्बी महल बनाउछन् नेता
हेर्नुस् झुपडीमा राम्रो छ्त हुँदैन।
जातिय पर्खाल छ अझै समाजमा
त्यसैले त बिहे बिधिवत हुँदैन।
No comments:
Post a Comment