उनी देखि आज भोलि भयवित हुन्छु म
बरु एक्लै टोलाउदा आनन्दित हुन्छु म।
जिन्दगीमा कति खेल जितियो जितियो
तर पनि आफैं सित पराजित हुन्छु म।
पत्रकारको नजरमा समाचार बनियो
भोलिको त्यो पत्रिकामा प्रकाशित हुन्छु म।
नसोच्नु कि नारी मात्र बलात्कृत हुन्छन्
आज भोलि नारी बाटै प्रताडित हुन्छु म।
दु:खै दु:ख बाट सधैं पिल्सिएको मान्छे
सानो-सानो सुख बाट पुलकित हुन्छु म।
No comments:
Post a Comment