श्रीमती हुँदा हुँदै रखेल किन राख्छन्
अध्यारोमा उनलाई अचेल किन राख्छन्।
जनता लाई यहाँ इन्धनको अभाव छ
ब्यापारी लुकाएर डिजेल किन राख्छन्।
प्रतिभाशाली ब्यक्ती भए पनि देशमा
सरकारले यसरी ओझेल किन राख्छन्।
आधुनिक प्रबिधिको जमानामा पनि
थोत्रा,खिया लागेका ती रेल किन राख्छन्।
चाहिने बेलामा जो काम नै लाग्दैन
त्यस्ता हरु सित हेलमेल किन राख्छन्।
No comments:
Post a Comment