भुतुक्कै पार्यौ मलाई आँखा झिम्काएर
जिउँदै मार्यौ मलाई आँखा झिम्काएर।
चिप्लो र गाह्रो बाटोमा झम्का भेट हुँदा
गर्ल्यामै झार्यौ मलाई आँखा झिम्काएर।
तिमी लाई आफ्नो ठानी छेउ बस्दा खरी
पर्तिर सार्यौ मलाई आँखा झिम्काएर।
मुखले नाइँ भने पनि तिम्रो मन मनै
आफ्नै स्वीकार्यौ मलाई आँखा झिम्काएर।
मेरो मनको चाह बुझी तिमीले मुटुको
ढोका उघार्यौ मलाई आँखा झिम्काएर।
No comments:
Post a Comment