म तिम्रो निद्राको बाधक बनी दिन्छु
विशाल नयनको पाठक बनी दिन्छु।
तिम्रो जन्म भाको सिर्फ मेरो लागि
अरुको भएमा घातक बनी दिन्छु।
अंगालोमा बाध नशाले मातेर
तिम्रो जिन्दगीमा मादक बनी दिन्छु।
अभिनय गर रंगमञ्च भित्र
एथार्थ कथाको नाटक बनी दिन्छु।
माया पिरतीको रमाइलो देशमा
बिस्तारबादी सोचको शासक बनी दिन्छु।
No comments:
Post a Comment