Thursday, 11 February 2016

कति लजाएकी

गुलाबी ती ओठ टोकी कति लजाएकी
हराभरा बैश बोकी कति लजाएकी।

उनको आँखा संग मेरो आँखा जुध्ने बेला
उमेर पुगेर पो होकि कति लजाएकी।

स्याउ जस्ता ती गालामा मैले चुम्न खोज्दा
छिटो छिटो हातले रोकी कति लजाएकी।

उनी लाई सिकाउदा माया लाउने तरीका
पिरतीको पाठ घोकी कति लजाएकी।

सार्थक भयो पहिलो भेट आज "माङ" संग
फेरि भेट्ने दिन तोकी कति लजाएकी।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...