Friday, 5 February 2016

पानी दिए हुन्छ

तिर्खा लाग्ने बेला पानी दिए हुन्छ
मन्ले आफ्नो मान्छे ठानी दिए हुन्छ।

मेरो लागि तारा नै झार्नु पर्दैन
मेरो अनुरोध मानी दिए हुन्छ।

बुझ्न सकुला म तिम्रो त्यो चाहना
मेरो ईच्छा पनि जानी दिए हुन्छ।

दुख्दैन मलाई तिम्रो प्रहारले
नजरको बाणले हानी दिए हुन्छ।

कुरुप भए पनि मेरो अनुहार
लाखौमा मलाई छानी दिए हुन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...