Thursday, 18 February 2016

अधिक हुँदै जान्छ

दिनै मान्छेको चाहना अधिक हुँदै जान्छ
अनेकौं गति-विधिमा सरिक हुँदै जान्छ।

अनौठो जिन्दगीको रहस्यमय कथा
जति पढ्यो उति धेरै मार्मिक हुँदै जान्छ।

जतिसुकै उतारचढाव आए पनि आओस्
नआतिनु,ती सबै कुरा ठिक हुँदै जान्छ।

प्रकृतिको नियम यस्तो बनाइएको छ
चोखो माया नि बिस्तारै भौतिक हुँदै जान्छ

पढी दिनु, सुनी दिनु "माङ"को पनि गजल
सिकारु नै थिए अब मौलिक हुँदै जान्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...