फुल राखी दिउला काडा पन्छाएर
संग संगै जिउला काडा पन्छाएर।
काडा बिझ्यो भने कोमल ती पाउमा
आलो घाउ सिउला काडा पन्छाएर।
दु:ख दिन्न कसम सुखै सुख दिन्छु
दु:ख आफैं लिउला काडा पन्छाएर।
विष कैल्यै पिउन नपरोस् जीबनमा
अमृत मात्रै पिउला काडा पन्छाएर।
उठ्यो भने कोही तिम्रो बिपक्षमा
पक्षमा उभिउला काडा पन्छाएर।
No comments:
Post a Comment