निर्मोही लाई कार्बाही तोकिएको छ
मुटुमा छिर्न मनाही गरिएको छ।
जबर्जस्ती मायाको नियम तोड्नेलाई
ठाउँ ठाउँमा सिपाही राखिएको छ।
मायाको परिभाषा दिने उही नारी
रातै भरी आफू चाहिँ बेचिएको छ।
सधैंको लागि छोडेर जाने मायालु
घाउ बल्झाउन कैलेकाही भेटिएको छ।
फुल जस्तो बन्न छोडी काडा बन्दा म
घोषणामा तानाशाही भनिएको छ।
No comments:
Post a Comment