तन,मन त्यसै प्रभावित भाको छ
मुटु चोरी भाको प्रमाणित भाको छ।
चोखो माया सधैं मनैमा हुन्छ रे
सुन्दरी देखेर आकर्सित भाको छ।
जिन्दगीको रिमोट अन्तै हुने रैछ
कसैको हातबाट संचालित भाको छ।
कोही कोही चोर त अति नै सिपालु
मुटु चोर बाटै सम्मानित भाको छ।
दिलको पिजडामा कैद गरि कन
उनकै लागि मन उत्तेजित भाको छ।
No comments:
Post a Comment