ताल्चा यता भए पनि दिल्लीमा चाबी छ
बिदेशी शक्ति नै यहाँ सबैमा हाबी छ।।
गएका छन् फेरि उनी गोडा मोल्न लाई
तर पनि स्वाभिमानी भएको दाबी छ।।
चिल्लो,मिठो भासण दिन्छ पजेरोमा चढी
नेताको स्वार्थ भनेकै केबल चुनावी छ।।
माथी पुग्छन् जनतालाई भर्याङ बनाएर
सत्ता टेकी बिर्सने नियतमै खराबी छ।।
ब्यबहारिक शिक्षा नभै बेरोजगारी बढ्यो
नेपालको शैक्षिक ज्ञान मात्र किताबी छ।।
No comments:
Post a Comment