Saturday, 6 February 2016

गीत गायौ भने

खुशी हुन्छु पिरतीको गीत गायौ भने
सधैं मेरो वरिपरि तिमी छायौ भने।

दु:ख पीडाको भारीले जब थिज्दा खेरी
साथमा साथ मिलाएर भार उठायौ भने।

अन्धकार छाउदा खेरी मेरो जीवनमा
उज्यालो ज्योति बनेर नै उदायौ भने।

यति ठूलो संसारको एउटा कुनामा
संगै मिली सानो संसार बनायौ भने।

बलिदान गरि दिन्छु तिम्रो लागि त म
सधैं भरी हासी दिन्छु सुख पायौ भने।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...