साचो माया सधैं सधैं अमर हुने गर्छ
झुटो माया लाए जीवन बगर हुने गर्छ।
जिन्दगीमा निश्चित लक्ष्य होला,नहोला
तर पनि लगातार सफर हुने गर्छ।
आफन्त होस् या पराई,जम्काभेट हुँदा
पहिलो जुध्ने कुरा त नजर हुने गर्छ।
मिलन पछि बिछोड भए,याद गर्न लाई
अझै मुटुमा मायाको असर हुने गर्छ।
कहिले जित्छ मायाले,कहिले घृणाले
माया र घृणाको बीचमा टक्कर हुने गर्छ।
No comments:
Post a Comment