Thursday, 15 June 2017

उनले देको

उनले देको पीडा अझै मत्थर भएन
उनको जस्तो मुटु मेरो पत्थर भएन।

लाखौं चेष्टा गर्दा पनि रोकिएन आँसु
झरी सरी बर्सी दिन्छ, कैलेसम्म पुछुँ
उनी भन्दा अर्की खोज्ने रहर भएन
उनको जस्तो मुटु मेरो पत्थर भएन।

यो मनको गगनमा बादल लागि रह्यो
बग्रपात भई रह्यो,चट्याङ गर्जी रह्यो
नसम्झेको उनी लाई प्रहर भएन
उनको जस्तो मुटु मेरो पत्थर भएन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...