अनायासै तिम्रो फोटो चुम्न थालेको छु
सायद प्रेमको सागरमा डुब्न थालेको छु।
चाहे छिर्न देउ चाहे धक्का मारेर निकाल
करीब दिलको संघारमा पुग्न थालेको छु।
दिनरात तिम्रै यादले तड्पिरहँदा कसम
शिशिर यामको पात झैं सुक्न थालेको छु।
यो सृष्टिको कल्कलाउँदो फूल जस्तै छ्यौ
पागल बनी सुवास तिम्रो सुँघ्न थालेको छु।
थाहै थिएन मलाई आफ्नै जीवनको अर्थ
तिम्रो आगमनले छर्लङ्ग बुझ्न थालेको छु।
No comments:
Post a Comment