भित्र आई ओत लाग्छु चर्को खडेरीमा
घर बनाई बस्छु तिम्रो दिलको घडेरीमा।
सामिप्यमा हुँदा तिमी जीवन खास लाग्छ
माया लाग्छ तिमी लाई तिम्रै आस लाग्छ
प्यास लाग्दा पानी पिउँछु तिम्रो पँधेरीमा
घर बनाई बस्छु तिम्रो दिलको घडेरीमा।
साथ देउ जिन्दगीको अप्ठ्यारो मोडमा
मलम बनी शित्तल देउ हुँदा म चोटमा
थकित हुँदा थकाई मार्छु तिम्रो मझेरीमा
घर बनाई बस्छु तिम्रो दिलको घडेरीमा।
No comments:
Post a Comment