डाहा गर्छ तिमीलाई पूर्णिमाको जून पनि
जूनको जस्तो दाग छैन तिमीमा हुन पनि।
समीर
~~~~
स्वर्गबाट झरेकी अप्सराझैं तिम्रो मुहार
मुहार हेर्दै सुनुँ लाग्छ चुराको धुन पनि।
टसी
~~~
लोभैलाग्दी मेरी प्यारी टल्किएको ऐना जस्तै
डर लाग्छ दाग लाग्ला तिमीलाई छुन पनि।
माङ
~~~
मान्छे सबै एकै नै हो किन ठूलो सानो भन्छौ
काटे उस्तै रातै बग्छ सबैको त्यो खुन पनि।
दिपेन
~~~~
त्यो बेला सडकबाट तिमीलाई उठाएको
बिर्स्यौ छिट्टै मातृत्व र मैले ला'को गुन पनि।
बीरेन्द्र असिमित
~~~~~~~~
तिमी सामू हुँदा मलाई सबै चिज पाए जस्तो
साँच्चै भनुँ तरकारीमा चाहिँदैन नुन पनि।
शारदा पौड्याल
~~~~~~~~
गहुँगोरी,राम्रो चाला,चिटिक्क परेकी उस्तै
तिम्रो सामू मलिन हुन्छ टल्किने चुन पनि।
चोमु
~~~~
राखेर पिरती लाई यौवनको दोसाँधमा
मिलन भन्दा पहिल्यै नहोस् हनिमुन पनि।
मणि अन्जान
~~~~~~~
भैगो आरिस् नगर मैले पनि जिउन पर्छ
भन्दै होलान् चामलमा रमाएका घुन पनि।
पुष्पा
~~~~~~
सकी नसकी टाल्दछु,यता उता उध्री हाल्छ
कति सिलाउँ यसरी जीवन तानतुन पनि।
सनम
~~~~~
न्यानो महशुस गर्न,अंगालोमा कसि हेर
धरोधर्म फिक्का लाग्छ लपेटेको ऊन पनि।
त्यागी
~~~~~~
हरदिन स्वर्णिम् हुन्छ तिम्रो आगमन हुँदा
ओहो बेकार लाग्दछ उपहार सुन पनि।
प्रकाश योगि
~~~~~~~
No comments:
Post a Comment