Tuesday, 13 June 2017

सुन्नुपर्ने

सुन्नुपर्ने ती कानहरुले नै सुनेका छैनन्
खुल्नुपर्ने आँखाहरु पनि खुलेका छैनन्।

रामचन्द्र बनबास गई फर्किने बेला भयो
लक्ष्मणहरु निंदाएकै छन्, उठेका छैनन्।

फुट्न र छुट्नमै ब्यस्त छन् सबै आफैंमा
छुट्टिएका हात हरु अझै जुटेका छैनन्।

देशमा बिकास र समृद्धि देख्ने चाहनामा
मेरा नयनहरु जागै छन्, सुतेका छैनन्।

गाउँ-गाउँ पुग्नुपर्ने प्रगतिशील मार्ग हरु
ठाउँ-ठाउँमा अबरुद्ध छन्,पुगेका छैनन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...