Saturday, 3 June 2017

झरनाको

झरनाको धुन संगै गीत गाई दिंदा
चिश्चल त्यो पानीले बैँश नुहाइदिंदा
संसारको सबैभन्दा सुन्दरी झैं लाग्छ
स्वर्गबाट ओर्लिएकी परी जस्तै लाग्छ।

सर्लक्क मिलेको ज्यान पौडी खेलिदिंदा
यता-उता,हात-पाउ चल्मलाई दिंदा
गगनमा उडि हिंड्ने चरी जस्तै लाग्छ
स्वर्ग बाट ओर्लिएकी परी जस्तै लाग्छ।

भिजी हिंड्दा अप्सरा बर्षाको झरीमा
पागल भै यौवनको,परें भुमरीमा
पछ्याइरहुँ जीवन,भरी जस्तै लाग्छ
स्वर्गबाट ओर्लिएकी परी जस्तै लाग्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...