Friday, 16 June 2017

एम्बुसमा

त्यो रुपको एम्बुसमा पारी छोड्यौ प्रिया
जालझेल गरी मलाई मारी छोड्यौ प्रिया।

दिलैको मर्स्याङ्दीमा जाल फ्याँकी दियौ
उम्किने त कोसिस गरें, कैद गरी दियौ
प्रयोग गरी बगरमा झारी छोड्यौ प्रिया
जालझेल गरी मलाई मारी छोड्यौ प्रिया।

नारी पनि बलात्कारी हुने रै'छ देखें
बलात्कृत भएको छु,आज मैले भोगें
जीवन यो छताछुल्ल पारी छोड्यौ प्रिया
जालझेल गरी मलाई मारी छोड्यौ प्रिया।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...