Wednesday, 7 June 2017

समय

समय आएपछि रहस्य सबै खुल्ने रहेछ
पिंजडामा कैद मनले औकात भुल्ने रहेछ।

मन नमिले सम्म एक पानी र अर्को तेल झैं
मिलेपछि पानी र चिनी जस्तै घुल्ने रहेछ।

हुँदोरहेछ प्रेम भन्ने चीज यति शक्तिशाली
मरुभूमिको बालुवामा नि फूल फुल्ने रहेछ। 

उथलपुथल नै मच्चाइदिन्छ कुनै कुनै प्रेमले
मुटुमा भए भरको सबै माया असुल्ने रहेछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...