Wednesday, 7 June 2017

माया गरेर

कसैसँग ख्याल-ख्याल ,माया बसेर
हुनसक्छ जीवन बेहाल,माया बसेर।

बडो अनौठो लाग्दैछ , माया पिरती
दिन पनि लाग्छ साल,माया बसेर।

खरायोको गतिमा नै,दौडिर'छ  याद
मेरो भने कछुवा चाल, माया बसेर।

छाती भित्र माया बग्छ ,सागर सरी
बगर छेडी भाग्छ छाल,माया बसेर।

प्रेमको महा-सागरमा, डुब्दा  बेसरी
आउँछ क्यारे मेरो काल,माया बसेर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...