फुलेको तिम्रो जोवन देखी आफैं लाई भुलेछु
खुलेको तिम्रो मुस्कान देखी आफैंलाई भुलेछु
चमेली पनि डाहाले जल्छ तिमीलाई देखेर
गुराँस पनि लाजले भाग्छ तिमीलाई देखेर
देखेर फूल भमरा भुले जस्तै गरी भुलेछु
खुलेको तिम्रो मुस्कान देखी आफैंलाई भुलेछु।
कोइली पनि मान्दछ हार गाई दिंदा तिमीले
मयूर पनि पर्दछ ट्वाल्ल नाची दिंदा तिमीले
पानीमा चिनी घुलेको जस्तै तिमी संगै घुलेछु
खुलेको तिम्रो मुस्कान देखी आफैंलाई भुलेछु।
No comments:
Post a Comment