Saturday, 17 June 2017

कली कली कली

कली कली कली,झल्झली देखियो
दुनियाँमा सबै,   खल्बली देखियो
धेरै भन्दा धेरै,   नक्कली  देखियो
थोरै भन्दा थोरै,सक्कली देखियो।

खाध्यन्नमा मिसावट,तरकारीमा मिसावट
हरे  शिव !! हरे  राम!!  नोकरीमा  मिसावट
आजभोलि हुन थाल्यो,ओखतीमा मिसावट
हुँदा- हुँदा अब भने      पिरतीमा मिसावट ।

अरिजिनल बिक्री हुन्न,डुब्लिकेटको बजारमा
ओझेलमा पर्यो रियल ,अरे फेकको बजारमा
इमान पनि बिक्री हुन्छ,आजकलको बजारमा
तीतो पनि चिनी हुन्छ,,आज छलको बजारमा

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...