बैशको हुरीले उडाउँला कि कतै
यौवनको नदीले बगाउँला कि कतै
सोह्रले छोएसी,जवानीले छोएसी
दिलैको आगोले जलाउँला कि कतै।
कतै पनि छैन पानी,प्यासी जिन्दगानी
कल्लाई चाहियो सानी,लैजा तानीतानी
बैमानी मोरोले फसाउँला कि कतै
चौबिसै घण्टानै सताउँला कि कतै
सोह्रले छोएसी,जवानीले छोएसी
दिलैको आगोले जलाउँला कि कतै।
नगरेर आनाकानी,फल छानीछानी
को होला मलाई खानी,मीठो मानीमानी।
खाएर मलाई हराउँला कि कतै
चिन्दिन भनेर कराउँला कि कतै
सोह्रले छोएसी,जवानीले छोएसी
दिलैको आगोले जलाउँला कि कतै।
No comments:
Post a Comment